मधेस प्रदेशमा रहेका प्रतिनिधिसभाका ३२ सिटमध्ये नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) वीच बराबरी भागबन्डा हुने भएको छ । यस अनुसार एमालेले १६ र जसपाले १६ सीटमा भागबन्डा गर्ने सहमति जुटेको छ।
प्रत्यक्षतर्फ प्रदेशसभाका ६४ सिटमा पनि बराबरी, अर्थात ३२–३२ सिटमा भागबन्डा गर्ने सहमति जुटेको नेकपा एमालेका एक नेताले नेपालखबरलाई जानकारी दिए ।
‘प्रतिनिधिसभामा १६–१६ सिटमा भागबन्डा गर्ने सैद्धान्तिक सहमति जुटेको छ, केही सिटमा कुरा मिल्न बाँकी छ,’ ती नेताले भने आजै मधेस प्रदेशका उम्मेदवारहरुको पनि नाम सार्वजनिक हुन्छ ।
ती नेताका अनुसार लोसपाबाट एमालेमा प्रवेश गरेका उमाशंकर अरगरियालाई एमालेले टिकट दिन खोजेको धनुषा २ मा जसपाको विरोधका कारण सहमति जुट्न बाँकी छ ।
त्यस्तै बारा ३, महोत्तरी २ र धनुषा ४ मा कसलाई उठाउने भन्ने सहमति जुट्न बाँकी रहेको तर उपेन्द्र यादव र केपी ओलीवीच आज विहानैदेखि छलफल जारी रहेको स्रोतले बतायो।
याे पनि : प्रदेश १ : २८ मध्ये २५ सिट एमालेलाई, दुइटा जसपा र एउटा सिट राप्रपालाई
Shares
प्रतिक्रिया