ad ad

राजनीति


अशोक राईलाई सघाएपछि सुनसरी एमालेमा विद्रोह, मनोज मेयाङ्बो स्वतन्त्र उठ्दै

अशोक राईलाई सघाएपछि सुनसरी एमालेमा विद्रोह, मनोज मेयाङ्बो स्वतन्त्र उठ्दै

नेपालखबर
असोज २२, २०७९ शनिबार १०:३१, काठमाडौँ

सुनसरी क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका नेता अशोक राईलाई सघाउने केन्द्रको निर्णयविरुद्ध एमाले कार्यकर्ताले विद्रोह गरेका छन्।

एमालेको बलियो पकड रहेको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकासहितको सुनसरी क्षेत्र नम्बर १ स्थानीय कमिटीको सिफारिसविपरीत अध्यक्ष केपी शर्मा ओलीले जसपालाई दिने निर्णय गरिसकेका छन्।

ओलीको त्यही निर्णयअनुसार सुनसरी १ मा जसपा नेता राई उठ्ने भएका छन्। एमाले सुनसरीले १ नम्बर क्षेत्रका लागि निवर्तमान सांसद जयकुमार राईको नाम सिफारिस गरेको थियोे।

स्थानीय कमिटीको सिफारिसविपरीत सुनसरी १ जसपालाई दिएपछि स्थानीय कार्यकर्ताले धरानका पूर्वमेयर मनोज मेयाङ्बोलाई स्वतन्त्र उठाउने तयारी गरेका छन्।

‘हाम्रो बलियो जनमत भएको ठाउँमा अर्कैलाई टिकट दिएपछि कार्यकर्तामा तीव्र असन्तुष्टि देखिएको छ’, उनले नेपालखबरसँग भने, ‘स्वतन्त्र उठ्न ममाथि दबाब परेको छ, आजै दिउँसोसम्म हामी उम्मेदवारी घोषणा गरेर मनोनयन तयारीमा जुटेका छौँ।’

स्थानीय कमिटीको सिफारिसमा परेर पनि टिकट खोसिएका सांसद राईले पनि जसपालाई सघाउने पार्टी केन्द्रको निर्णयमा रोष प्रकट गरेका छन्।

‘यसबारे धेरै भन्नु छैन, पार्टी नेतृत्वले स्थानीय कार्यकर्ताको  भावना र कमिटीको सिफारिसविपरीत निर्णय लिँदा क्षति बेहोर्नुपर्ने अवस्था छु’, उनले नेपालखबरसँग भने, ‘पार्टी केन्द्रको निर्णय मान्छु तर यहाँ कार्यकर्ताको विद्रोह रोक्न सकिने अवस्था छैन।’

एमाले चुनावी तालमेलपछि प्रदेश १ का मोरङ ५ र सुनसरी १ जसपालाई दिने निर्णय गरिसकेको छ। त्यस्तै झापा ३ राप्रपालाई छाडेको छ। 

सुनसरी १ मा २०७४ को निर्वाचनमा एमालेका जय राई विजयी भएका थिए। त्यहाँ पराजित अशोक राई एमालेको साथ लिएर फेरि उठ्न लागेका हुन्।

एमालेमा ५ संकट : केपी सर्वज्ञानी, शंकर मनोगतवादी बनेको आरोप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .