ad ad

राजनीति


मधेस प्रदेशमा माओवादीले पायो ७ सिट

मधेस प्रदेशमा माओवादीले पायो ७ सिट

माओवादी अध्यक्ष प्रचण्ड


नेपालखबर
असोज २३, २०७९ आइतबार ६:४५, काठमाडौँ

सत्ता गठबन्धनको भागबन्डामा नेकपा माओवादी केन्द्रले मधेस प्रदेशमा प्रतिनिधि सभातर्फ ७ क्षेत्रमा उम्मेदवारी दिन पाउने भएको छ। गठबन्धनमा जसपा बाहिरिएर लोसपा भित्रिएपछि माओवादीको २ सिट बढेको हो।

जसपासहित ५ दलीय सत्ता गठबन्धन हुँदा माओवादीले ५ सिट मात्र पाउने चर्चा चलेको थियो। माओवादीले २०७४ मा ५ सिट जितेको थियो। त्यसबेला एमालेसँग चुनावी तालमेल थियो।

मंसिर ४ मा हुने चुनावअन्तर्गत माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ महोत्तरी–१, धनुषा १, बारा ३, सर्लाही–२ र ३, सिरहा ३ र बारा २ मा उम्मेदवारी दिन पाउने भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .