अघिल्लो पटक समानुपातिकमा बसेको गंगा चौधरी सत्गौवा यस पटक नेकपा एमालेबाट प्रत्यक्ष चुनाव लड्न चाहन्थिन्।
तर दाङ क्षेत्र नम्बर १ मा एमालेले टिकट नदिएपछि उनले विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिइन्।
अर्की एमाले नेतृ शान्ता चौधरीविरुद्ध बागी उठेपछि केन्द्रीय सदस्य गंगालाई एमालेले निष्कासित गरिसकेको छ।
यस्तोमा उनलाई निर्वाचन अधिकृतको कार्यालयले काठमाडौंका मेयर बालेन शाहले लिएको लौरो चुनाव चिह्न दिएको छ।
हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दताएउ गरेका कारण चौधरीले लौरो चिन्ह पाएकी हुन् ।
अब उनले लौरो लिएर एमालेकी शान्ता र एकीकृत समाजवादीका मेटमणि चौधरीसँग प्रतिस्पर्धा गर्ने छिन्।
402
Shares
प्रतिक्रिया