ad ad

राजनीति


एमालेबाट विद्रोह गरेका मनोज मेयाङ्बोलाई खरायो चिह्न

एमालेबाट विद्रोह गरेका मनोज मेयाङ्बोलाई खरायो चिह्न

फाइल तस्बिर


नेपालखबर
असोज २६, २०७९ बुधबार १९:४७, काठमाडौँ

नेकपा एमालेबाट विद्रोह गरेर सुनसरी क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेन्याङ्बोले खरायो चुनाव चिह्न पाएका छन्।

सुनसरी १ मा जयकुमार राईको टिकट खोस्दै एमालेले जनता समाजवादी पार्टीका नेता अशोककुमार राईलाई समर्थन गरेपछि मेयाङ्बोले कार्यकर्ताहरुको साथ लिएर विद्रोह गरेका हुन्। 

मेन्याङ्बोले पार्टी निर्णयमा असहमति जनाउँदै प्रतिनिधिसभा सदस्यमा उम्मेदवाी दर्ता गरेका छन्। एमालेको प्रदेश १ कमिटी सचिवालय सदस्य रहेका उनी स्वत: पदमुक्त भएका छन्।

मेयाङ्बो धरानका पुर्वमेयरसमेत हुन्। स्रोतका अनुसार उनलाई टिकट खोसिएका जयकुमार राईसहितका एमाले नेता कार्यकर्ताहरुले साथ दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .