ad ad

राजनीति


एमाले छाडेका प्रभु साहलाई माओवादीको साथ, पटेलको उम्मेदवारी निष्क्रिय

एमाले छाडेका प्रभु साहलाई माओवादीको साथ, पटेलको उम्मेदवारी निष्क्रिय

रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह। तस्बिर : विशाल कार्की/नेपालखबर


नेपालखबर
असोज २७, २०७९ बिहिबार १६:४०, काठमाडौँ

नेकपा माओवादी केन्द्र रौतहट रौतहट क्षेत्र नम्बर ३ मा नेकपा एमाले छाडेका प्रभु साहलाई समर्थन गर्ने निर्णय लिएको छ। 

सत्ता गठबन्धनबाट आफ्नो भागमा परेको रौतहट ३ मा उठाइएका उम्मेदवार धीरज पटेललाई फिर्ता बोलाएर स्वतन्त्र उम्मेदवारी दिएका साहलाई सर्मथन गर्ने निर्णय मा‌ओवादी मधेश प्रदेक कमिटीले गरेको हो। 

बिहीबार बसेको पार्टीको प्रदेश कमिटीको बैठकले यस्तो निर्णय लिएको हो। निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि दिएको समय बुधबारै सकिएको छ।

यस्तोमा पटेलले अब आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै साहलाई नै जिताउन लाग्नेछन्। 

जनता समाजवादी पार्टीसँगको तालमेलप्रति असन्तुष्टि जनाउँदै साहले एमालेको टिकट लिएर पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

यस्तोमा उनी पछिल्लो समय सत्ता गठबन्धनका नेतासँग संवादमा थिए। उनले माधवकुमार नेपालसहितका नेतालाई भेटिसकेका छन्। 

माओवादी केन्द्र मधेश प्रदेश कमिटीको यो निर्णयसँगै साहलाई अब सत्ता गठबन्धनको साथ मिलेको छ।

प्रदेश कमिटीको निर्णय र माओवादी केन्द्रको हेडक्वार्टरलले पनि निर्देशन दिएपछि पटेलले उम्मेदवारी निष्क्रिय गरेर साहलाई समर्थन गर्ने भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .