निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गरेपछि रुपन्देही क्षेत्र नम्बर २ का उम्मेद्वार राजु गुरुङ सर्वोच्च अदालत पुगेका छन्।
सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका गुरुङ बैंकिङ कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो।
गुरुङको क्षेत्रबाट एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन्।
गुरुङसँगै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. कमल भुसाल 'निकोलस' र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको पनि मनोनयन खारेज गरिएको थियो।
147
Shares
प्रतिक्रिया