रुपन्देही क्षेत्र नम्बर २ मा आफ्नो उम्मेदवारी खारेजविरुद्ध राजु गुरुङले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ।
प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट दिएको उम्मेदवारी खारेज भएपछि एकीकृत समाजवादीका नेता गुरुङ सर्वोच्च गएका थिए।
आज प्रारम्भिक सुनुवाइ तोकिएका उनको मुद्दा न्यायाधीश हरि फुयाँलको इजलासमा परेको थियो। निवेदकको कानुन व्यवसायीको तर्फबाट सुनुवाइ स्थगित भएको हो।
एमाले उपाध्यक्ष विष्णु पौडेलको क्षेत्रमा गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका राजु बैंकिङ कसुरमा कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यलयले उम्मेदवारी खारेज गरेको थियो।
निर्वाचन आयोगलेसमेत खारेजी सदर गरेपनि उनी अदालत गएका हुन् । उक्त सुनवाइ अर्को दिनको लागि तोकिने छ।
180
Shares
प्रतिक्रिया