ad ad

राजनीति


गठबन्धनको अपीलमा ‘संघीयता’ राख्न जनमोर्चा असहमत, हस्ताक्षर नगर्ने

गठबन्धनको अपीलमा ‘संघीयता’ राख्न जनमोर्चा असहमत, हस्ताक्षर नगर्ने

नेपालखबर
असोज ३१, २०७९ सोमबार १६:४, काठमाडौँ

राष्ट्रिय जनमोर्चाको असहमतिका कारण पाँचदलीय गठबन्धनको संयुक्त अपील प्रकाशन नहुने भएको छ।

सत्ता गठबन्धनले अपीलमा संघीयतालाई उपलब्धिका रुपमा उल्लेख गर्ने भएपछि असहमति जनाएको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिए।

‘सत्ता गठबन्धनले संघीयतालाई उपलब्धि मान्दै अपीलमा राख्न जोड गरेपछि हामीले असहमति प्रकट गरेका छौँ’ भट्टले भने, ‘त्यसकारण हाम्रो त्यसमा हस्ताक्षर हुँदैन।’

उनका अनुसार अब राजमोबाहेक तीन दलले मात्रै अपील प्रकाशन गर्ने छन्।

गठबन्धनले असोज २७ गते बैठक बसी संयुक्त अपील प्रकाशन गर्ने निर्णय गरेका थिए। अपीलको ड्राफ्ट तयार गर्न चार दलबाट एक एक जना सदस्य रहेको समिति गठन गरिएको थियो। 

समितिमा नेपाली कांग्रेसका नेता प्रकाशशरण महत, माओवादी केन्द्रका हितमान शाक्य, नेकपा (एकीकृत समाजवादी) का प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाका हिमलाल पुरी सदस्य थिए।

जनमोर्चाले संघीयताविरुद्ध निरन्तर आन्दोलन गर्दै आइरहेको छ। यस्तै, नागरिकता विधेयक, एमसीसी जस्ता विषयमा सत्तारुढ दलसँग जनमोर्चाको असहमति छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .