मंगलबार दिउँसो गृहजिल्ला झापा आइपुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।
झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा मंगलबार झापा आएका हुन्।उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरिरहेको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले जानकारी दिए।
तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उनी झापा आएका हुन्। अध्यक्ष ओलीलाई ज्वरो आएपछि मंगलबार दमकमा पत्रकार सम्मेलनसहित कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगन गरिएको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताए। रासस
123
Shares
प्रतिक्रिया