नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा दुई हजार पाँच सय एक सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ।
समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोगहरु, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषद्का पदाधिकारी एवं सदस्य र पार्टीका प्रदेश कमिटीका पदाधिकारी एवं जनवर्गीय सङ्गठनका पदाधिकारी सदस्यका रुपमा छन्।
बैठकले पार्टीका महासचिव डा वेदुराम भुसालको सयोजकत्वमा २२ सदस्यीय निर्वाचन परिचालन केन्द्रीय सचिवालयसमेत गठन गरेको छ। जसको सदस्यमा उपमहासचिवद्वय डा गङ्गालाल तुलाधर र डा विजय पौडेल, नेताहरु विश्वनाथ प्याकुरेल, सावित्रा भुसाल, प्रमोदराज शर्मा, प्रेमल खनाल, लक्ष्मण केसी, केदार सञ्जेल, विष्णु लम्साल, धनप्रसाद गौतम, मोहन गौतम, रमेश रञ्जन झा, उदय श्रेष्ठ, खेमराज पौडेल, सीताराम नेपाल, द्रोणाचार्य क्षेत्री, विश्वमणि सुवेदी, प्रकाश खतिवडा, विशाल भण्डारी, सुदेश पराजुली र नितेश पौडेल छन्।
महासचिव डा भुसाल नेतृत्वको सचिवालय बैठकले निर्वाचनसम्बन्धी प्रचार सामग्री तत्काल प्रकाशन गरी प्रसारण गर्ने निर्णय गर्दै संविधान र लोकतन्त्रको रक्षा, राष्ट्रियताको जगेर्ना, तथा सुशासन एवं समृद्धिको जनआकाङ्क्षालाई पूरा गर्न कलम चिह्नमा मतदान गर्न मतदातालाई आग्रह गरेको छ। रासस
Shares
प्रतिक्रिया