ad ad

राजनीति


आयोगले जरिवाना तोकेका समानुपातिक उम्मेदवारलाई शनिबारसम्म माैका

आयोगले जरिवाना तोकेका समानुपातिक उम्मेदवारलाई शनिबारसम्म माैका

नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार १९:३, काठमाडौँ

निर्वाचन आयोगले जरिवाना तोकेर तिर्न बाँकी रहेका समानुपातिक उम्मेदवारहरुले भोलि (कात्तिक ५ गते) सम्म जरिवाना बुझाए उम्मेदवारी कायम हुने भएको छ।

आयोगले शुक्रबार सूचना प्रकाशित गरी गत स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारहरू मंसिर ४ गते को निर्वाचनमा उम्मेदवार बनेको भए शनिबारसम्म जरिवाना बुझाउन स्मरण गराएको छ।

आयोगको गत भदौ ३१ को निर्णयअनुसार जरिवाना तोकिएका उम्मेदवारहरूको नाम २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएको भए त्यस्ता उम्मेदवारहरू आफूलाई तोकिएको जरिवाना बापतको रकम उम्मेदवारको निवेदन उपर जाँचबुझ गर्ने समयसीमा कात्तिक ५ गते कार्यालय समयभित्र बुझाएमा जरिवाना असुल उपर भएको कायम गरी उम्मेदवारी दर्ता गर्न आयोगले समानुपातिक प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो। 

कात्तिक ५ गते शनिबार सार्वजनिक बिदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउन व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारहरूको हकमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउने निर्णय आयोगबाट भएको पुनः स्मरण गराइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .