ad ad

राजनीति


सत्ता गठबन्धनले आज विराटनगर र जनकपुरमा संयुक्त भेला गर्ने

सत्ता गठबन्धनले आज विराटनगर र जनकपुरमा संयुक्त भेला गर्ने

फाइल तस्बिर


नेपालखबर
कात्तिक ५, २०७९ शनिबार ७:३६, काठमाडौँ

शुक्रबार (४ कात्तिक)बाट सुरू भएको सत्ता गठबनधनको प्रदेशगत संयुक्त भेला आज पनि हुँदैछ। आसन्न निर्वाचनलाई लक्षित गरेर संयुक्त रुपमा भेला आयोजना गर्ने निर्णय अनुसार शुक्रबार गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवलमा सत्ता गठबन्धनले संयुक्त भेला आयोजना गरेको थियो। 

सत्ता गठबन्धनको तालिका अनुसार आज (५ कात्तिक) प्रदेश १ को विराटनगर र मधेश प्रदेशको जनकपुरमा प्रदेशस्तरिय भेला हुँदैछ। पोखरा र लुम्बिनी प्रदेशको भेलामा सत्ता गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए। भोलि (कार्तिक ६) नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना हुने जनाइएको छ। 

सत्ता गठबन्धनले प्रदेशस्तरीय अन्तिम भेला बागमती प्रदेशमा गर्ने जानकारी दिएको छ। काठमाडौंमा कार्तिक ७ गते माओवादी केन्द्रको समन्वयमा बागमती प्रदेशस्तरीय संयुक्त भेला हुनेछ।

सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरु, प्रदेश समितिका पदाधिकारीहरु र जिल्ला सभापति तथा अध्यक्षसहित तीन जनाको सहभागितामा भेला सुरु गरिएको जनाइएको छ। 

गठबन्धनले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नाराका साथ सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्न लागेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .