ad ad

राजनीति


कांग्रेसले चुनावी घोषणापत्र शनिबार सार्वजनिक गर्ने

कांग्रेसले चुनावी घोषणापत्र शनिबार सार्वजनिक गर्ने

नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार १३:४३, काठमाडौँ

नेपाली कांग्रेसले शनिबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। संकल्पपत्र नाम दिइएको चुनावी घोषणापत्र शनिबार बिहान १० बजे सार्वजनिक गर्ने तयारी कांग्रेसले गरेको छ। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडलले जानकारी दिए। 

यसअघि कांग्रेसले गत आइतबार साँझ ५ बजे ‘डिजिटल’ घोषणापत्र सार्वजनिक गर्ने भनिएको थियो। तर, सभापति देउवा काठमाडौं बाहिर रहेका कारण अन्तिम समयमा स्थगन गरिएको थियो। 

त्यसपछि सोमबार बिहान साढे १० बजे घोषणा गर्ने भनिएको कार्यक्रम पनि अन्तिम समयमा स्थगन गरिएको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .