ad ad

खेल


रुबिना क्षेत्रीको ५ विकेटमा एमसीसीमाथि नेपालको जित

रुबिना क्षेत्रीको ५ विकेटमा एमसीसीमाथि नेपालको जित

नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार १३:४७, काठमाडौँ

नेपाल भ्रमणमा रहेको बेलायतको एमसीसीको महिला क्रिकेट टोलीमाथि नेपाली महिला टोलीले २१ रनको जित हात पारेको छ। शुक्रबार पोखरा रंगशालामा भएको खेलमा नेपालले दिएको एक सय रनको लक्ष्य पछ्याएको एमसीसी ७८ रनमा समेटिएको हो।

शुक्रबार पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९९ रन बनाएको थियो। नेपालका लागि नेरी थापाले १८, सम्झना खड्का र कविता कुँवरले समान १७ रन बनाएका थिए।

त्यस्तै सुमन खतिवडाले १६ रन बनाइन्। सीता रानामगरले १० रनको पाली खेलिन्। अन्य ब्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन्। 
एमसीसीको लागि राचेल पोटरले ३ तथा रिया रभाल तथा अमन्दा पोटगिएटरले २/२ विकेट लिए। 

जवाफी ब्याटिङमा उत्रिएको एमसीसीलाई सस्तैमा समेट्ने क्रममा रुबिना क्षेत्रीले पाँच विकेट हात पारिन्। उनले ४ विकेट लगातार चार बलमा लिएकी थिइन्। चारै बलमा उनले बोल्ड गर्दै विकेट लिएकी थिइन्। 

एमसीसीका लागि एलिसा हुबार्डल अविजित २० रन बनाइन्। त्यस्तै अबि ह्वाइब्रोले १९ रन बनाइन् भने जेनी  किटजिंगरले १४ रनको पाली खेलिन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .