ad ad

राजनीति


प्रधानमन्त्री भएर देश हाँक्ने कुरामा विश्वस्त छु : गगन थापा

प्रधानमन्त्री भएर देश हाँक्ने कुरामा विश्वस्त छु : गगन थापा

काठमाडौं–४ का मतदातासँग कांग्रेस महामन्त्री गगन कुमार थापा।


नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार ७:३१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रधानमन्त्री भएर देशलाई हाँक्ने कुरामा आफू विश्वस्त रहेको बताएका छन्। बिहीबार काठमाडौं–४ मा आयोजित मतदातासँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले सो कुरा बताएका हुन्। 

जनताको विश्वासका कारण आफू महामन्त्री भएको र भोलि जनताकै विश्वासबाट प्रधानमन्त्री बनेर देश हाँक्ने उनले प्रतिवद्धता जनाएका छन्। 

‘तपाईंहरूले गर्नुभएको विश्वासको कारणले आज नेपाली कांग्रेसको महामन्त्री भएको छु,’ महामन्त्री थापाले भने, ‘भोलि तपाईंहरूको विश्वासलले नै प्रधानमन्त्री भएर देशलाई अगाडि हाँक्ने कुरामा विश्वस्त छु।’

अहिले आफू प्रतिस्पर्धीसँग जुध्ने बेला भएको कारणले सहयोग गर्न उनले मतदाता समक्ष आग्रह गरेका छन्। ‘म यहिँ परिवारको मान्छे हुँ। तपाईंहरूको साथ सहयोगले यहाँसम्म पुगेको छु,’ थापाले भने, ‘अहिले मेरो प्रतिस्पर्धीहरू सँग जुध्ने बेला आएको छ। म एक्लै लड्न सक्दिन र तपाईंहरूको साथ सहयोगले राष्ट्रको महत्त्वपूर्ण जिम्मेवारी लिएर काम गर्ने अवसर समेत मिल्न सक्छ। म त्यहाँ पुगेर काम गर्ने छु।’

आफूलाई विश्वास गरे मत माग्न उनले मतदातासमक्ष आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .