संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई नमुना क्षेत्रको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन्।
आगामी ४ मंसिरमा हुने निर्वाचन लक्षित घरदैलो कार्यक्रममा उनले सहरलाई आवश्यक पर्ने पूर्वाधार निर्माणको काम तीव्र रुपमा अघि बढाउने प्रतिवद्धता समेत जनाएका छन्। उनले उक्त क्षेत्रलाई सांस्कृतिक तथा पर्यटकीय केन्दको रुपमा विकास गर्ने बताए।
काठमाडौं–८ मा प्रतिनिधिसभा उम्मेदवार समेत रहेका श्रेष्ठले अघिल्लो कार्यकालमा पनि आफ्ना अधिकांश प्रतिवद्धता पुरा गरेको दाबी गरे।
संघीय संसदमा रहेर जनमुखी कानुन बनाउन तथा आफ्नो निर्वाचन क्षेत्रलाई नमुना बनाउन सक्रिय भुमिका खेल्ने बताए। शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार र पर्यटन लगायत बहुआयमिक विकासमा आफु केन्द्रित हुने उनले बताए।
‘सबै क्षेत्रसँगको सहकार्यमा व्यवस्थित र नमुना क्षेत्र बनाउन सकिन्छ,’ मतदातासँग श्रेष्ठले भने, ‘पर्यटकीय आकर्षणका योजनाहरु पनि अघि बढाउँछु।’
Shares
प्रतिक्रिया