ad ad

राजनीति


सर्लाहीमा माओवादी केन्द्रका ५ बागीसहित ११ नेता पार्टीबाट निकालिए

सर्लाहीमा माओवादी केन्द्रका ५ बागीसहित ११ नेता पार्टीबाट निकालिए

नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार ७:५३, सर्लाही

सर्लाहीका विभिन्न क्षेत्रमा ‘बागी’ उम्मेदवारी दिने नेकपा माओवादी केन्द्रका नेता र उनीहरुका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्कासन गरिएको छ।

माओवादी केन्द्रको मधेश प्रदेश समितिका इन्चार्ज गणेश साहले विज्ञप्ति जारी गरी पार्टी निर्णयविपरीत स्वतन्त्र रुपमा ‘बागी’ उम्मेदवारी दिने ११ जना नेतालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको जानकारी दिएका हुन्।

पार्टी कारबाहीमा पर्नेमा ५ जना बागी उम्मेदवार छन्। उनीहरुका ६ जना  प्रस्तावक तथा समर्थकलाई पनि माओवादी केन्द्रले कारबाही गरेको हो। 

सत्तारुढ गठबन्धनबाट सर्लाही १ (ख) मा उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी बेची लुंगेलीविरुद्ध बागी उम्मेदवारी दिने माओवादी केन्द्रका राजनकुमार श्रेष्ठ पार्टीबाट निकालिएका हुन्।

माओवादी केन्द्रबाट निर्वाचित लालबन्दी नगरपालिकाका पुर्व वडाध्यक्ष समेत रहेका श्रेष्ठले लालबन्दीकै पूर्वमेयर मानबहादुर खड्कासँग टिम बनाएर प्रदेश सभामा उम्मेदवारी दिएका छन्। 

एमाले नेता खड्काले पनि पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध प्रतिनिधिसभातर्फ सर्लाही १ मा बागी उम्मेदवारी दिएका छन्।

त्यसैगरी सर्लाही क्षेत्र नम्बर ३ (क) मा बागी उम्मेदवार बनेका जवाहारलाल कुशवाहालाई पनि माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेको छ। यो क्षेत्रमा कुशवाहाले गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकै डिल्लीप्रसाद उप्रेतीले उम्मेदवारी दिएका छन्।

सर्लाही क्षेत्र नम्बर ४ (ख) बाट बागी उम्मेदवारी दिने माओवादी केन्द्रका नेताहरु महेन्द्र राय, श्रीचन राय र अनिता देवी पनि पार्टीबाट निष्कासन गरिएको छ। यो क्षेत्रमा माओवादी केन्द्रकै फकिरा महतोले उम्मेदवारी दिएका छन्। 

त्यसैगरी बागी उम्मेदवारहरुको को प्रस्तावक तथा समर्थक बस्ने भूपेन्द्रमान श्रेष्ठ, रामबाबु राय, जितलाल राय, कपल सहनी, रामबचन राय र उपेन्द्र यादवलाई पनि माओवादीले पार्टीबाट निष्कासन गरेको छ।

बागी उम्मेदवारको कारण गठबन्धनका आधिकारिक उम्मेदवार हराउने अवस्था सिर्जना भएपछि माओवादी कार्यकर्ता र समर्थकमा भ्रम सिर्जना नहोस् भनेर उनीहरुविरुद्ध कारबाही गरिएको साहले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .