ad ad

राजनीति


प्रचण्डलाई जुत्ता प्रहार भएको समाचारप्रति सचिवालयको आपत्ति

प्रचण्डलाई जुत्ता प्रहार भएको समाचारप्रति सचिवालयको आपत्ति

फाइल


नेपालखबर
कात्तिक २३, २०७९ बुधबार ११:२४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहारको प्रयास भएको समाचारप्रति सचिवालयले खण्डन गरेको छ। 

मंगलबार साँझ सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित कार्यक्रमपछि फर्कने क्रममा उनीमाथि जुत्ता प्रहारको प्रयास भएको प्रहरी स्रोतले दाबी गरेको थियो। प्रचण्डलाई जुत्ताको माला लगाउन नपाउँदै प्रहरीले नियन्त्रणमा लिएको प्रहरी स्राेतले बताएकाे थियाे।

तर, प्रचण्ड सचिवालयले भने सुर्खेतबाट काठमाडौं उडिसकेपछि भ्रम फैलाइएको भन्दै भत्र्सना गरेको छ। 

‘हिजो कार्तिक २२ गते कर्णाली प्रदेशका विभिन्न जिल्लाहरु जुम्ला, हुम्ला, कालिकोट र सुर्खेतमा समेत अध्यक्ष कमरेड प्रचण्ड, नेपाली काङ्ग्रेसका उपसभापति पुर्णबहादुर खड्का लगायतका नेतृत्वको उपस्थितिमा विशाल जनसहभागिता सहित गठबन्धनका चुनावी सभाहरु सम्पन्न भएका थिए,’ प्रचण्ड सचिवालयले भनेको छन्, ‘अध्यक्ष कमरेड प्रचण्ड सुर्खेतबाट काठमाडौं उडिसकेपछि फैलाइएको यसप्रकारको झुठो, भ्रामक र कपोलकल्पित समाचारको भर्त्सना गर्दछौं।’

यसरी निर्वाचन आचार संहिता विपरित उम्मेद्वारहरुमाथि प्रतिगामी तत्वको इशारामा निरन्तर भइरहेको बताउँदै प्रचण्ड सचिवालयले आपत्ति जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .