ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीलाई घण्टी बजाएर प्रचारप्रसार नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
घण्टी बजाउँदा ध्वनि प्रदूषण हुने भन्दै निर्वाचन आयोगले कार्कीलाई त्यसो नगर्न निर्देशन दिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले प्रचारप्रसारका क्रममा आफ्नो चुनाव चिह्न घण्टी बजाउँदै हिड्ने गरेका थिए।
सर्वदलीय बैठकको क्रममा दलका प्रतिनिधिहरुले तोसिमाले घण्टी बजाउँदै आचारसंहिता उल्लंघन गरेको ध्यानाकर्षण गराएका थिए।
72
Shares
प्रतिक्रिया