नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सरकार हुँदा ल्याएका लोकप्रिय कार्यक्रमका कारण विरोधीहरु आत्तिएको बताएका छन्।
कालिकोटमा आइतवार आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
'एमालेले सामाजिक सुरक्षा कार्यक्रम ल्याएर घर घरमा पैसा पुर्याउने काम थालेपछि अरु आत्तिए, विरोधीहरु आत्तिए। महिनाको सय रुपैयाँबाट थालेको वृद्ध भत्ता अहिले हरेक दिन १३३ रुपैयाँ भएको छ', उनले भने, 'सडकमा अलपत्र मानिसका लागि एमालेले काम गर्यो। बालबालिकाको उद्धार थाल्यो। पूर्वपश्चिम रेल र हुलाकी राजमार्ग एमालेले अघि बढायो। भारतवेष्ठित देशलाई चीनतिर पनि जोडेपछि विरोधीहरु आत्तिए।'
उनले कम्युनिष्टको सरकार आयो भने अधिकार खोसेर लान्छ भन्ने भ्रमलाई एमालेले जनताका लागि काम गरेर चिरिदएको बताए।
Shares
प्रतिक्रिया