ad ad

राजनीति


योगेश भट्टराई र गगन थापाका लागि भोट माग्दै भरतमणि

योगेश भट्टराई र गगन थापाका लागि भोट माग्दै भरतमणि

फाइल तस्बिर : गगन थापा, भरतमणि पौडेल र योगेश भट्टराई


नेपालखबर
कात्तिक २८, २०७९ सोमबार ११:३५, काठमाडौँ

रियालिटी शो ‘कमेडी च्याम्पियन’ दोस्रो सिजनका विजेता भरतमणि पौडेलले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत २ उम्मेदवारका लागि भोट मागेका छन्। 

पौडेलले प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट एमाले उम्मेदवार योगेश भट्टराई र काठमाडौँ क्षेत्र न ४ बाट कांग्रेस उम्मेदवार बनेका गगन थापाका लागि भोट मागेका हुन्। 

भरतमणिले फेसबुकमा लेखेका छन्, ‘मेरा लागि दुई ठाउँ खास छन्। एउटा जन्मथलो ताप्लेजुङ र अर्को कर्मथलो काठमाडौं। ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि (एमाले) उम्मेदवार योगेश भट्टराई र काठमाडौँ ४ बाट (कांग्रेस) उम्मेदवार गगन थापा चुनावी मैदानमा हुनुहुन्छ। म खुलेरै उहाँहरुका लागि भोट माग्दछु। किनकि उहाँहरुको काँध देशको जिम्मेवारी बोक्न सक्षम छ र हुनुपर्छ। योगेश भट्टराईलाई सूर्य चिह्नमा  र गगन थापालाई रुख चिह्नमा अत्यधिक भारी मतका साथ विजय गराउन उक्त क्षेत्रका मतदाताहरुलाई आग्रह गर्दछु।’

उनले अगाडि लेखेका छन्, ‘यी अनुहारमा युवाहरुको भविष्य देखेको छु। आशाको दियो निभ्नु हुँदैन। विश्वास र चुनौतीका माझ इमान्दारिता र निष्ठाका साथ जिम्मेवारी लिएर नेतृत्व गर्ने भविष्यका दुई अभिभावकहरुलाई विजयको शुभकामना।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .