राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। नेकपा माओवादी केन्द्रको प्रचार प्रसारमा संलग्न रहेको विषयमा आयोगले घिसिङलाई स्पष्टीकरण सोधेको हो।
‘तपाईं राष्ट्रिय खेलकूद परिषद्को सदस्य सचिव रहेको व्यक्ति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को चुनावी अभियानमा हिँडेको तथा रामेछाप जिल्लाको कार्यक्रममा सहभागी भएको भनी उजुरी परेको हुँदा यो देहायको विषायमा स्पष्ट खलाई पेश गर्न अनुरोध गरिन्छ,’ स्पष्टीकरण पत्रमा भनिएको छ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख गरिएको छ। ‘तपाईंले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रचारप्रसार गरेको भएमा उक्त कार्यले निर्वाचन आचारसंहिता, २०७९ र प्रचलित निजामति सेवा सम्बन्धी कानून समेतको उल्लंघन हुने हुन्छ।’ आयोगले भनेको छ।
पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्नु समेत उनलाई आग्रह गरिएको छ।
Shares
प्रतिक्रिया