ad ad

राजनीति


नारायणगोपाल चोकमा आमसभा हुँदै, बाबुराम, गगन र स्वर्णिमले सम्बोधन गर्ने

नारायणगोपाल चोकमा आमसभा हुँदै, बाबुराम, गगन र स्वर्णिमले सम्बोधन गर्ने

नेपालखबर
मंसिर १, २०७९ बिहिबार ९:१, काठमाडौँ

काठमाडौंको महाराजगञ्जस्थित नारायणगोपाल चोकमा आज( १ मंसिर) आमसभा हुँदै छ। सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेस, काठमाडौं क्षेत्र नम्बर ५ द्वारा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। 

आमसभालाई नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापा, कांग्रेस नेता नरहरि आचार्य, अर्थविद् स्वर्णिम वाग्ले लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका रुपमा कांग्रेस नेता प्रदीप पौडल उम्मेदवार रहेका छन्। गठबन्धनका तर्फबाट प्रदेशसभा (क) मा भैरव सापकोटा र ख मा श्याम बहादुर खड्का उम्मेदवार रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .