सरकारले चुनाव बहिष्कार गर्ने समूहलाई कारबाही गर्ने चेतावनी दिएको छ।
शुक्रबार निर्वाचन पूर्वतयारीका सन्दर्भमा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा गृह सचिव विनोद प्रकाश सिंहले बहिष्कारका नाममा हिंसात्मक गतिविधि देखिन थालेको भन्दै कारबाहीको चेतावनी दिएका हुन्।
‘चुनाव बहिस्कार गर्ने समूहसँग हामी एग्रेसिव थिएनौं तर केही दिन यता हिंसात्मक देखियो’ गृहसचिव सिंहले भने, ‘अब कडाइका साथ कारबाही अगाडि बढाउछौं।’
बहिष्कार गर्ने समूह देशभर प्रहरीको निगरानीमा रहेको समेत उनले जानकारी दिए।
निर्वाचनमा भौतिक क्षति हुन नदिन सरकारले सुरक्षा निर्देशन दिइसकेको उनले बताए।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित विभिन्न समूह निर्वाचन बहिष्कार गर्न सक्रिय छन्।
केहीदिन अघि भोजपुर र नेपालगञ्जमा बम विस्फोट भएका थिए भने केही स्थानमा शंकास्पद वस्तु फेला परेका छन्।
यस्तै, गृहले अन्य गाडी सम्भव भएसम्म सुरक्षा निकायका गाडीमा मतपेटिका ढुवानी नगर्ने जनाएको छ।
४० स्थानबाट मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्ने सरकारको तयारी छ।
नेपाली सेनाको ९०३ वटा बम डिस्पोजल टोली फिल्डमा खटिने छन्।
चुनावमा निजी क्षेत्रका हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन
Shares
प्रतिक्रिया