ad ad

राजनीति


गठबन्धनले आरामसँग बहुमत ल्याउँछ, प्रधानमन्त्रीको विषय समस्या हुँदैन : प्रचण्ड (भिडिओ)

गठबन्धनले आरामसँग बहुमत ल्याउँछ, प्रधानमन्त्रीको विषय समस्या हुँदैन : प्रचण्ड (भिडिओ)

नेपालखबर
मंसिर ४, २०७९ आइतबार ८:११, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको विषय आफूहरुको समस्या नहुने बताएका छन्। चितवनबाट मतदान गरेपछि संचारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने दाबी गरे। 

उनले देशैभरीको माहोल राम्रो माहोल पाएको भन्दै गठबन्धनले आरामसँग बहुमत ल्याउने दाबी गरे। ‘मलाई विश्वास छ गठबन्धनले आरासँग बहुमत ल्याउँछ,’ प्रचण्डले भने।

‘प्रधानमन्त्रीका उम्मेदवार अहिले धेरै छन्। नेपाली कांग्रेसभित्र पनि शेरबहादुर देउवादेखि गगन थापा लगायत थुप्रैले दाबी गरिरहेका छन,’ प्रचण्डले भने, ‘निर्वाचन सकिएपछि प्रधानमन्त्री हाम्रो लागि समस्याको विषय हुँदैन। आरामसँग त्यसको हल गरिन्छ।’

देशभरको माहोल सकारात्मक भएको भन्दै यो निर्वाचनले संविधानलाई संस्थागत बनाउन भूमिका खेल्ने उनले बताए। 

‘प्रधानमन्त्रीकै कारणले गठबन्धन टुट्ने कुरा विल्कुल हुँदैन,’ प्रचण्डले भने, ‘अहिले मैले गठबन्धनको विषयमा धेरै बोल्न चाहन्नँ। यो निर्वाचनले देशमा विकास र समृद्धिको नयाँ प्रक्रियामा देश लानेछ भन्ने मैले विश्वास गरेको छ।’

प्रचण्डले चितवन र गोरखा दुवै जिल्लालाई उतिकै महत्व दिने समेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .