ad ad

राजनीति


हुम्लाका चार केन्द्रमा चिसोका कारण मतदान सुरु भएन

हुम्लाका चार केन्द्रमा चिसोका कारण मतदान सुरु भएन

फाइल तस्बिर


नेपालखबर
मंसिर ४, २०७९ आइतबार १०:३६, हुम्ला

हुम्लास्थित नाम्खा गाउँपालिका–६ का तीन मतदान केन्द्र र वडा–५ को मुचुमा चिसोका कारण मतदान सुरु हुन सकेको छैन। 

अत्यधिक चिसोले नाम्खा–६ को तिल, जाङ, हलजी र वडा  नम्बर–५ को मुचुमा मतदान हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। लिमिको हल्जी गाउँको सुनखानी, आधारभूत विद्यालयको मतदान केन्द्र, जाङ गाउँको भृकुटी आधारभूत विद्यालय मतदान केन्द्र, तिल गाउँको हिमशिखर आधारभूत मतदान केन्द्र र मुचुको खासरपानी आधारभूत मतदान केन्द्रमा चिसो मतदान हुने नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए। 

५९  मतदान केन्द्रमध्ये ५५ मतदान केन्द्रमा मतदान सुरु भइसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त प्रमुख श्यामबहादुर रानाले जानकारी दिए। जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .