ad ad

राजनीति


बाजुराको बूढीनन्दामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, मतदान स्थगित

बाजुराको बूढीनन्दामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, मतदान स्थगित

नेपालखबर
मंसिर ४, २०७९ आइतबार ११:१८, काठमाडौँ

बाजुराको बूढीनन्दा नगरपालिका–५ मा रहेको नन्देश्वरी मावि मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ। झडप पछि मतदान स्थगित भएको छ।

सर्वदलीय बैठकमा भएको सहमतिअनुसार कांग्रेसका एक कार्यकर्ताले अशक्त आफन्तलाई लगेर मतदान गर्न खोजेपछि दुई पक्षबीच झडप भएको हो। 

‘सर्वदलीय बैठकमा अशक्त आफन्तको मत हाल्न पाउने सहमति भएको थियो। सहमतिअनुसार एक जना आशक्त आफन्तको मत हाल्न गएका थिए,’ मतदानको रिपोर्टिङका लागि पुगेकी पत्रकार संगिता तिमल्सिनाले नेपालखबरसँग भनिन्, ‘एमालेले अवरोध ग¥यो। विवाद बढ्दै गएपछि झडप भयो। मतदान स्थगित भयो।’

उनले आफूमाथि पनि एमालेका कार्यकर्ताले दुव्र्यवहार गरेको बताइन्। मतदान स्थलको भिडियो छायांकन गर्ने क्रममा एमाले कार्यकर्ताहरुले उनीमाथि दुव्र्यवहार गरेका हुन्। 

पत्रकार तिमल्सिनाले सामाजिक सञ्जाल फेसबुकमा राखेको भिडियोमा उनलाई केही व्यक्तिले जबरजस्ती मोबाइल फोन बन्द गर्न लगाएको र प्रेस कार्ड मागेको आवाज सुन्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .