सुर्खेत निर्वाचन क्षेत्र नम्बर१ (१) मा मतदान स्थगित भएको छ।
सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रदेश सभातर्फको मतपेटिकामा प्रतिनिधि सभाको मतपत्र भेटिएपछि मतदान स्थगित भएको हो।
प्रदेशसभाको मतपेटिकामा प्रतिनिधिसभातर्फको एक सय मत खसेपछि विवाद उत्पन्न भएको हो।
विवाद समाधानका लागि सर्वदलीय छलफल जारी रहेको जनाइएको छ।
करिब २०० मत खसिसकेपछि विवाद उत्पन्न भएको हो। हाल सुचारूका लागि छलफल भइरहेको छ।
सर्वदलीय बैठक बोलाएर मतदान सुचारू गर्ने प्रयास भइरहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
हालसम्म सुर्खेतमा ४४ प्रतिशत मत खसेको छ।
69
Shares
प्रतिक्रिया