ad ad

राजनीति


२३ तस्बिरमा हेर्नुहोस् देशभर जारी मतदान

२३ तस्बिरमा हेर्नुहोस् देशभर जारी मतदान

नेपालखबर
मंसिर ४, २०७९ आइतबार १५:२७, काठमाडौँ

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुन्न बिहान ७ बजेदेखि देशभर मतदान भइरहेको छ। छिटफुट घटनाबाहेक सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ। मतदान साँझ ५ बजेसम्म जारी रहनेछ। 

हेर्नुहोस् यी २३ तस्बिरमा देशका विभिन्न स्थानका मतदान 

१. रुपन्देही क्षेत्र नं २ स्थित बुटवल उपमहानगर-८ स्थित मतदान केन्द्रमा मतदान गरेर फर्कंदै ८८ वर्षीया बालकुमारी श्रेष्ठ। तस्बिर : निरा गौतम/रासस

२. पाल्पा रामपुर नगरपालिका-५ स्थित रामतुलसी माविको मतदान केन्द्रमा मतदान गर्न  काखमा बच्चा बोकेर जाँदै गरेकी महिला। यहाँ ज्येष्ठ नागरिक, साना बच्चाका आमा, अशक्त, फरक क्षमता भएका नागरिकलाई सहज रुपमा मतदान गर्ने व्यवस्था गरिएको छ। तस्बिर : सुशीला रेग्मी/रासस

  
३. पूर्वी नवलपरासीको कावासोती-६, विष्णुनगरस्थित जनता माध्यामिक विद्यालय मतदान केन्द्रमा  अशक्त व्यक्ति  मतदान गरेर घर फर्किंदै। तस्बिरः विष्णुप्रसाद गौडेल/रासस

४. म्याग्दीको मालिका गाउँपालिका–२ रुमको राष्ट्रिय मावि (क) मतदान केन्द्रमा मतदान गर्दै १०७ वर्षीय जसमनी कामी। तस्बिरः सन्तोष गौतम/रासस


५. मोरङ पथरी शनिश्चरे– २ का ८१ वर्षीया मिनमाया राई र ९१ वर्षीया नरध्वज राई मतदान गरेर घर फर्किँदै। तस्बिर : गोपाल काफ्ले/रासस


६. सरस्वती मावि विराटनगर–९ मा मतदान गरेर बाहिरिँदै मुस्लिम युवती। तस्बिर : मनोज दाहाल/रासस


७. नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि धनुषाको नगराइन नगरपालिका वडा नं २ मा रहेकोे राजेश्वर निधि माविमा मतदान  गर्दै । तस्बिर : निरञ्जनकुमार साह/रासस


८. नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा शेखर कोइराला आदर्श माध्यमिक विद्यालय विराटनगर–७ स्थित मतदान स्थलको ‘ख’  केन्द्रमा मतदान गर्दै। तस्बिर : मनोज दाहाल/रासस

९. पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सूर्योदय नगरपालिका–९ स्थित राष्ट्रिय आधारभूत विद्यालयमा मतदान गर्दै। तस्बिर :  टीका खतिवडा/रासस


१०. तनहुँको व्यास नगरपालिका–५ चिन्तुटारस्थित शुक्र आधारभूत विद्यालय मतदान केन्द्रमा आइतबार मतदान गर्दै किरियापुत्री कृष्णबहादुर घर्ती । तस्बिरः कृष्ण न्यौपाने/रासस


११. प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको दिन आइतबार काठमाडौँको ११. काठमाडौंको वसन्तपुर डबलीस्थित नवआदर्श माविमा मतदान गर्न लामबद्ध मतदाता। तस्बिर : रत्न श्रेष्ठ/रासस


१२. काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा पर्ने काडाँघारीको गान्धी आर्दश उच्च माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदानका लागि उत्साहित महिला मतदाता लामबद्ध। । तस्बिर : किरणराज विष्ट/रासस


१३. प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नै जन्मथलो  डडेल्धुरा गन्यापधुरा गाउपालिका-१ को अशिग्राम मावि रूवाखोलामा रहेको मतदान केन्द्रमा मतदान गर्दै। तस्बिर : धनबहादुर भण्डारी/रासस

१४. प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा  भरतपुर महानगरपालिका  १४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रमा मतदान गर्नुहुँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। तस्बिरः नारायण अधिकारी/ रासस

१५. नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा रहेको मतदान स्थलमा मतदान गर्दै काठमाडौँ क्षेत्र नं ७ का उम्मेदवार मानुषि यमि भट्टराई। तस्बिर : नवीन पौडेल/रासस


१६. चितवनको भरतपुरस्थित नारायणी नमुना माध्यमिक विद्यालय मतदान केन्द्रमा भोट हाल्नका लागि बिहानै लामबद्ध मतदाता। तस्बिर : कृष्ण आचार्य/रासस


१७. प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका क्रममा काठमाडौ क्षेत्र नं ३ स्थित चावहिल महाकाल मतदान केन्द्रमा मतदान गर्दै रवि लामिछाने।  तस्बिर : रत्न श्रेष्ठ/रासस


१८. काठमाडौं क्षेत्र नम्बर ४ स्थित मैतिदेवी मतदान केन्द्रमा नेपालका लागी अमेरिकी राजदूत डिन आर. थोम्पसन मतदान स्थल अवलोकन गर्दै। तस्बिर : मेघनाथ पहाडी/रासस

 
१९. काठमाडौँ क्षेत्र नं ४ बुढानीलकण्ठ-१० स्थित बालउद्धार माध्यमिक विद्यालयको मतदान केन्द्र। तस्बिर : मेघनाथ पहाडी/रासस


२०. महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–८ बजराहीस्थित मतदान केन्द्रको सुरक्षा गर्दै सुरक्षाकर्मी। तस्बिर : सञ्जीतकुमार मण्डल/रासस


२१. मकवानपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कमल थापा  हेटौंडा–६ स्थित वंशगोपाल उच्च माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्दै । तस्बिरः कृष्णराम परियार/रासस


२२. नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले वुटवल–८ स्थित सडक डिभिजन कम्पाउन्डमा रहेको मतदान केन्द्रमा मतदान गर्दै। तस्बिर : निरु गौतम/रासस


२३. नेपाली काङ्ग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का  प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगन थापाले मैतिदेवी स्थित मतदान केन्द्रबाट मतदान गर्दै। तस्बिर : मेघनाथ पहाडी/रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .