ad ad

राजनीति


स्थगित भएका ४७ ठाउँमा मतदान सुरु, १६ मा अझै बाँकी (अपडेट)

स्थगित भएका ४७ ठाउँमा मतदान सुरु, १६ मा अझै बाँकी (अपडेट)

फाइल तस्बिर


नेपालखबर
मंसिर ४, २०७९ आइतबार १५:२७, काठमाडौँ

बिहान ७ बजेबाट सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान जारी छ। बेलुकी ५ बजेसम्म हुने मतदानका लागि बिहानैबाट मतदाताहरु लाइनमा बसेर मतदान गरिरहेका छन्। 

प्रहरीका अनुसार दिउँसो २ बजेसम्म देशभरमा जम्मा ६३ ठाउँमा मतदान स्थगित भएको थियो। ६३ मध्ये ४७ ठाउँको मतदान पुनः सुचारु भइसकेको प्रहरीले जनाएको छ। 

१६ ठाउँमा अझै मतदान सुचारु हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ। 

प्रदेश १ को १३, मधेश प्रदेशको २, बागमती प्रदेशको १३, गण्डकी प्रदेशका ४ स्थानमा, लुम्बिनी ८, कर्णाली ७ र सुदूरपश्चिमका १५ र उपत्यकाको १ स्थानमा मतदान स्थगित भएको थियो। 

जसमध्ये, प्रदेश १ को ११ स्थान। मधेश प्रदेशको २, बागमती प्रदेशको १०, गण्डकी प्रदेशको ३, लुम्बिनी प्रदेशको ७, कर्णाली ६, सुदूरपश्चिम ७ र उपत्यकामा १ स्थानमा मतदान सुचारु भइसकेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .