ad ad

राजनीति


आगामी सरकारको नेतृत्वबारे गठबन्धनमा कुरा भएको छैन : प्रचण्ड

आगामी सरकारको नेतृत्वबारे गठबन्धनमा कुरा भएको छैन : प्रचण्ड

नेपालखबर
मंसिर ४, २०७९ आइतबार १५:३०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी सरकारको नेतृत्वबारे सत्ता गठबन्धनका दलहरुबीच कुनै छलफल नभएको बताएका छन्। 

चितवनमा भोट हालेर गोरखा पुगेका उनले त्यहाँस्थित पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्। 

'गठबन्धनमा आवद्ध दलहरुबीच आगामी सरकारको नेतृत्वबारे कुरा भएको छैन', उनले भने, 'जसको नेतृत्वमा सरकार बने पनि गठबन्धन लामो सय अघि बढ्नुपर्छ भन्नेमा हामी सबै एकमत छौँ।'

गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रचण्डले मतदान केन्द्र अनुगनम गर्दै यो निर्वाचनलाई जनमतसंग्रहका रुपमा लिनुपर्ने पर्ने पनि बताएका छन्। 

'संविधानमाथि पटक पटक आक्रम गर्ने र संविधानको रक्षा गर्नेबीच यो लडाइँ हो', उनले भने, 'यी दुई पक्षबीचको प्रतिस्पर्धाका रुपमा यो निर्वाचन जनमत संग्रह पनि हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .