ललितपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेले अग्रता फराकिलो बनाउँदै लगेको छ।
अहिलेसम्म २१ हजार ७५ मत गनिसक्दा एमालेका प्रेमबहादुर महर्जनले ५७ सय ७८ मत ल्याएर अग्रता फराकिलो बनाएका छन्।
यहाँ लौरो चुनाव चिह्नको हाम्रो नेपाली पार्टीले ४६ सय मत ल्याएको छ। अहिले एमालेले यहाँ ११ सय ७८ मतको अग्रता बनाइकेको छ।
निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका यहाँ २१ हजार ७५ गनिसकिएको छ।
यहाँ तेस्रो रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ३४ सय ३४ मत ल्याएको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ३२ सय ६२ मतसहित चौथो स्थानमा बसेको छ।
90
Shares
प्रतिक्रिया