ad ad

राजनीति


यो प्रतिनिधिसभा दुई वर्षमै दुर्घटनामा पर्न सक्छ : कमल थापा

यो प्रतिनिधिसभा दुई वर्षमै दुर्घटनामा पर्न सक्छ : कमल थापा

फाइल तस्बिर


नेपालखबर
पुस ३, २०७९ आइतबार १८:१०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रियता, लोकतन्त्र, सनातन हिन्दुराष्ट्र र आर्थिक उदारवादको मान्यतामा आफूहरु अडिग रहेको बताएका छन्। 

पार्टीको काठमाडौं  जिल्ला कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले यसो भनेका हुन्। 

राप्रपा नेपाल केवल एउटा चुनावको लागि खडा भएको पार्टी मात्रै नभएको उनले बताए। 'राप्रपा नेपाल लामो राजनीतिक यात्रामा हिँडेको राष्ट्रवादी शक्ति हो', उनले भने, 'चुनावी परिणाम प्रतिकुल रहे पनि आगामी दिनमा बलियो राष्ट्रवादी, प्रजातान्त्रिक र हिन्दुवादी शक्ति बनाउने अभियान अझ सशक्त बनाइनेछ।'

अहिलेको राजनीतिक संरचनाभित्रका त्रुटीहरुका कारण हालै सम्पन्न निर्वाचनबाट देशले भोग्नुपरेको संकटको समाधान हुन नसक्ने उनले बताए। 

'आगामी दिनमा राजनीतिक अस्थिरता र अराजकता अझै बढ्दै जान्छ', उनले भने, 'नवगठित प्रतिनिधि सभा दुई-अढाई वर्षभित्र दुर्घटनामा पर्न सक्ने खतरा छ।'

निर्वाचन अत्यन्त महंगो भएको बताउँदै चुनावका विकृति र विसङ्गतिका कारण संसदीय व्यवस्थाप्रति नै वितृष्णा बढेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .