पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा मंगलबार नियुक्त भएका मन्त्रीहरुले शपथ लिएका छन्।
तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने क्रममा पुष्पकमल दाहाल प्रचण्डले दौरासुरुवाल लगाएर लिएको शपथलाई धेरै मन्त्रीहरुले मंगलबार पनि निरन्तरता दिए।
माओवादीबाटै मंगलबार नियुक्त मन्त्री अमनलाल मोदीले पनि दौरासुरुवालमै शपथ लिए। त्यस्तै नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरु पनि दौरासुरुवालमै सजिए।
उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले पनि दौरासुरुवालमै शपथ लिए। तर मंगलबारको शपथमा अपवाद देखिएका एकजना मन्त्री हुन् सुदन किराती। अन्य पुरुष मन्त्री दौरासुरुवाल र महिला मन्त्री साडी सजिएका थिए।
तर भोजपुरबाट प्रतिनिधिसभामा निर्वाचित उनी राष्ट्रपतिको कार्यालयमा शपथ लिने क्रममा दौरासुरुवाल लगाउनेहरुमा अपवाद देखिए।
उनी मन्त्रीको शपथ लिँदा कालो सुट पाइन्टमा सजिएर पुगेका थिए। त्यस्तै सेतो सर्ट र रातो टाइमा उनी सजिएका देखिए। उनलाई प्रचण्ड क्याबिनेटमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी मिलेको छ।
मंगलबार नेकपा एमालेबाट एक राज्यमन्त्रीसहित ८ जना मन्त्री बनेका छन्। त्यस्तै, माओवादी केन्द्रबाट एकजना राज्यमन्त्रीसहित र प्रधानमन्त्रीसहित ५ जना मन्त्री बनेका छन्।
Shares
प्रतिक्रिया