स्वास्थ्य अवस्था जटिल भएपछि सुमेरु अस्पतालमा उपचाररत माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ललितपुरको सुमेरु अस्पताल पुगेका छन्।
प्रचण्ड माओवादी केन्द्रका अध्यक्ष हुन्। गत बुधबार रोल्पा गएका पुनको शनिबार स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि तत्काल हेलिकप्टरबाट काठमाडौं ल्याएर सुमेरुमा भर्ना गरिएको थियो।
मंगलबार मन्त्रिमण्डल बिस्तार गरेपछि प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
96
Shares
प्रतिक्रिया