नेकपा एमालेका सांसद देवराज घिमिरेले सभामुखको मनोनयन दर्ता गराएका छन्।
एमालेका उपाध्यक्ष एवं सांसद सुवासचन्द्र नेम्वाङको प्रस्तावकत्वमा घिमिरेले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।
माओवादी केन्द्रका सांसद हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछाने र राप्रपा अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देन घिमिरेको समर्थक छन्।
बुधबार दिउँसो संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएका हुन्।
144
Shares
प्रतिक्रिया