नेपाली कांग्रेसका सांसद ईश्वरी न्यौपानेले नेतृत्वबाट सभामुखमा उठाउने निर्णय भए आफू पछि नहट्ने बताएकी छन्।
प्रतिनिधिसभाको सभामुखका लागि नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेसँग भिड्ने गरी न्यौपानेलाई उठाउने तयारी कांग्रेसले गरिरहेको छ।
यस्तोमा उनले नेपालखबरसँग कुरा गर्दै आफूले सभामुखमा उम्मेदवारी दिनेबारे पार्टीमा छलफल भइरहेको बताएकी छन्।
'सभामुखमा मैले उम्मेदवारी दिनेबारे छलफल भएको हो', उनले भनिन्, 'संसदीय दलको बैठक बसिसकेको छैन। नेतृत्वले भने पछि हट्ने कुरो हुन्न।'
न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुन्। उनी २०७४ को आमनिर्वाचनमा कैलाली क्षेत्र नम्बर १ मा हाल जेलमा रहेका रेशम चौधरीसँग पराजित भएकी थिइन। कांग्रेसमा न्यौपाने संस्थापननिकट हुन्।
69
Shares
प्रतिक्रिया