गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचन पश्चात् राप्रपा नेपाल केन्द्रीय सचिवालय बैठकद्वारा गठित ‘निर्वाचन समीक्षा कार्यदल’ले आज आफ्नो प्रतिवेदन पार्टी अध्यक्ष कमल थापासमक्ष पेश गरेको छ।
पार्टी उपाध्यक्ष डा. विष्णु भण्डारीको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको थियो। प्रतिवेदन आगामी माघ ९÷१० गते काठमाडौंमा डाकिएको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने छ।
प्रतिवेदन बुझ्दै अध्यक्ष थापाले चुनावी समीक्षा प्रतिवेदन विस्तृत अध्ययन गरेर केन्द्रीय समितिमा छलफल पश्चात् कार्यान्वयन गरिने बताए।
प्रतिवेदन यथार्थ परक र व्यवहारिक बनाउन हर सम्भव प्रयास गरिएको, देशभरीका नेता कार्यकर्ताहरुको भावना समेटिएको तथा कमि कमजोरीका बारेमा समेत यथेष्ट उल्लेख गरिएको कार्यदलका संयोजक डा. भण्डारीले जानकारी दिए।
कार्यदलमा नेताहरु बसन्तमान सिंह अधिकारी, शुरेश आचार्य, माधव खत्री, नर प्रसाद थापा, यबती कार्की, हिक्मत सिंह भण्डारी , राजाराम बर्तौला ‘चुनेली’, उज्वल पोखरेल रहेका छन्।
Shares
प्रतिक्रिया