सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै छन्।
सत्तारुढ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड भेट्न एमाले अध्यक्ष ओली बिहान अहिले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्ने कार्यक्रम छ।
पछिल्लो विकसित घटनाक्रमले सत्ता गठबन्धनभित्र खटपट देखिएको छ। नागरिकता प्रकरणमा गृहमन्त्री पदबाट हटेका रवि लामिछानेले फेरि गृहमन्त्री नै बनाउनुपर्ने अडान लिएका छन्।
माओवादी पार्टी तथा प्रधानमन्त्री प्रचण्ड रविविरुद्ध राहदानीलगायत विवाद कायमै रहेकाले उनलाई दोहोर्याउने मनसायमा छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टीले भने पुनः आफूलाई गृह मन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ।
यहीबीच सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुन लागेको हो।
Shares
प्रतिक्रिया