ad ad

राजनीति


विशेष पत्रकार सम्मेलन गर्दै विप्लव

विशेष पत्रकार सम्मेलन गर्दै विप्लव

फाइल।


नेपालखबर
माघ २५, २०७९ बुधबार ९:७, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आज पत्रकार सम्मेलन गर्दैछन्। महासचिव चन्दले आज दिउँसो विशेष पत्रकार सम्मेलन गर्न लागेको जनाइएको छ। 

पछिल्ला राजनीतिक घटना क्रम र समसामयिक विषयवस्तुका साथै सरकारले आफ्नो पार्टीसँग गरेका सम्झौताका बारेमा पछिल्ला काम कारबाहीका बारेमा जानकारी दिने बताइएको छ।

यसअघि गत आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न विप्लव बालुवाटार पुगेका थिए। 

सो भेटमा माओवादी धाराका शक्तिबीच सहकार्य गरेर अघि बढ्न तयार भएको माओवादी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले नेपालखबरलाइ बताएका थिए।

प्रधानमन्त्री प्रचण्डले विगतका सरकारले गरेका सबै सहमति कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको प्रष्ट पारे। बन्दीहरू रिहाइका लागि सरकारको तर्फबाट पहल भइरहेको प्रधानमन्त्रीले जानकारी गराएका थिए।

यही विषयमा जानकारी दिनेगरी चन्दले आज विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .