ad ad

राजनीति


डेढ वर्षपछि पार्टीमा फर्किइन् रन्जु दर्शना

डेढ वर्षपछि पार्टीमा फर्किइन् रन्जु दर्शना

नेपालखबर
माघ २६, २०७९ बिहिबार २०:२३, काठमाडौँ

करिव डेढ वर्ष पार्टीबाट अलग रहेकी रन्जु दर्शना विवेकशील साझा पार्टीमा फर्किएकी छन्। बिहीबार साँझ सामाजिक सञ्जालमार्फत उनले पार्टीमा फर्किएको जानकारी दिएकी हुन्।

शुक्रबार र शनिबार हुने महाधिवेशनबाट एकिकृत र सशक्त पार्टी निर्माणमा लाग्न प्रतिवद्ध रहेको उनको भनाई छ। 

‘करिब डेढ वर्ष स्वतन्त्र रहेको म, विवेकशील साझा पार्टीबाटै दलीय राजनीति पुनारम्भ गर्दैछु। भोलि र पर्सि (२७–२८) गते हुने विसापाको महाधिवेशनबाट एकीकृत र सशक्त पार्टी निर्माणमा लाग्न म पनि प्रतिवद्ध छु’, उनले लेखेकी छन्। 

गएको निर्वाचनमा काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी उनले निराशाजनक मत पाएकी थिइन्। रन्जुले चुनाव चिह्न सेलरोटी लिएकी थिइन्।

२०७४ को स्थानीय चुनावमा विवेकशीलबाट चुनाव लड्दा उनले राम्रो मत पाएकी थिइन्।

विवेकशील साझा पार्टीले आफ्नो पहिलो महाधिवेशन माघ २७ गतेदेखि काठमाडौंमा गर्दैछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .