ad ad

राजनीति


संसदमा कांग्रेसको प्रश्न : काठमाडौंमै लुटपाट मच्चिँदा सरकार के हेरेर बसेको छ?

संसदमा कांग्रेसको प्रश्न : काठमाडौंमै लुटपाट मच्चिँदा सरकार के हेरेर बसेको छ?

फाइल तस्बिर


नेपालखबर
फागुन ३, २०७९ बुधबार ११:२३, काठमाडौँ

बालाजुस्थित बसपार्क क्षेत्रमा दुई दिनअघि भएको मजदुर आन्दोलनका नाममा भएको लुटपाटलाई लिएर संसदमा प्रश्न उठेको छ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले व्यवसायीका कयौँ पसल  र दोकान लुटिँदा सरकार रमिते बनेको बताए। 

'काठमाडौंको मुटुमै मजदुर या अन्य समूहको नाममा लुट मच्चिएको छ। राजधानीमै सरकारले सुरक्षा दिन सक्दैन भने गाउँका मानिसको हालत के होला?', उनले भने, 'यातायात मजदुरको नाममा दिनदहाडै लुटपाट भएको छ। मजदुर प्रवेश गरेका हुन् कि कुनै शक्तिको आडमा संलग्न भएका छन् कि? त्यसको यथार्थ छानबिन गरेर न्यायिक निरुपण गरिनुपर्छ। सरकारले यी घटनामा संलग्नलाई परिणाम आउने गरी कारबाही गरोस्।'

महतले बसपार्क क्षेत्रको लोत्से मलसहितमा भएको लुटपाटमा संलग्नलाई कारबाही नभएमा देशभर नकारात्मक सन्देश जाने पनि बताए। 

'यसले देशभर नकारात्मक सन्देश जान्छ। कारबाही नभए देशभर अराजकता फैलिन्छ', उनले भने, 'यदि यातायात मजदुरको जायज माग पनि छ् भने सम्बोधन हुनुपर्छ। तर यसरी अराजकता फैल्याउने र लुट मच्चाउनेमाथि सरकारले कारबाही गर्नुपर्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .