ad ad

राजनीति


जनयुद्ध दिवसबारे प्रेम सुवालको प्रश्न : देशलाई परनिर्भर बनाउनु उपलब्धि हो?

जनयुद्ध दिवसबारे प्रेम सुवालको प्रश्न : देशलाई परनिर्भर बनाउनु उपलब्धि हो?

फाइल तस्बिर


नेपालखबर
फागुन ३, २०७९ बुधबार १२:५५, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएकोमा विरोध जनाएका छन्।

बुधबार बसेको संसद बैठकका क्रममा बोल्दै उनले जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णयको विरोध गरेका हुन्। 

उनले कृषि, स्वास्थ्य, रोजगारी, शिक्षा, ऊर्जा र देशको सुरक्षालाई परनिर्भर बनाउनु जनयुद्धको उपलब्धि हो र? भनि प्रश्नसमेत गरे।

‘संविधानमा जनयुद्ध शब्द कतै लेखिएको छैन। तर सरकारले जनयुद्ध दिवसमा बिदा दियो। जनयुद्ध दिवसको उपलब्धि के हो? कृषि, स्वास्थ्य, रोजगारी, शिक्षा, ऊर्जा, देशको सुरक्षा परनिर्भर बनाउनु जनयुद्धको उपलब्धि हो र?’, उनले सोधे। 

सुवालले सडकजाम नगरी राष्ट्रपतिको सवारी गराउन गृहमन्त्रीको समेत  जिम्मेवारीमा रहेका प्रधानमन्त्रीले किन नसकेको हो संसदलाई जानकारी दिन माग गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .