ad ad

राजनीति


ओलीसँगको भेटपछि प्रचण्डले भने : हामी एकै ठाउँ छौँ, राष्ट्रपतिबारे एकदुई दिनमा निष्कर्ष आउँछ

ओलीसँगको भेटपछि प्रचण्डले भने : हामी एकै ठाउँ छौँ, राष्ट्रपतिबारे एकदुई दिनमा निष्कर्ष आउँछ

बालकोटमा प्रचण्ड। तस्बिर : राजन काफ्ले


नेपालखबर
फागुन ५, २०७९ शुक्रबार १७:४९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस १० मा बनेको सत्ता गठबन्धनमै रहेर आफूहरु अघि बढिरहेको बताएका छन्।

शुक्रबार सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भएको अढाई घण्टा लामो वार्तापछि उनले यस्तो बताएका हुन्। 

उक्त छलफलपछि बाहिरिने क्रममा छोटो प्रतिक्रिया दिएका उनले एमाले अध्यक्ष ओली र आफू एकै ठाउँमा रहेको उनले बताए। 

भेटपछि उनलाई आजको बैठकमा के सहमति भयो? भनेर सोधिएको थियो। त्यसको जवाफ दिँदै उनले भने, 'हामी एकै ठाउँमा छौँ नि! के सहमति भयो भनेर सोधिरहनै परेन। एकै ठाउँमा भएपछि निष्कर्ष के चाहिन्छ र?'

उनले नयाँ राष्ट्रपतिबारे कुरो मिल्ने बताए। 'राष्ट्रपतिबारेमा एक दुई दिनमै कुरो मिलिहाल्छ', उनले भने, 'हामी सत्ता गठबन्धनमै रहेकाले अरु कुरा भनिरहनै परेन।'

स्रोतका अनुसार आजको छलफल यही गठबन्धनलाई कसरी टिकाउने र अगाडि बढाउने विषयमा छलफल भएको बताइएको छ।

भेटका क्रममा ओलीले राष्ट्रपतिको विषयमा पुस १० गतेकै सहमतिअनुसार अघि बढ्नुपर्ने बताएका थिए। तर प्रचण्डले यसबारे निष्कर्षमा पुग्न अझै केही दिन मागेको बताइएको छ।

बैठकमा सहमतिको मध्यबिन्दुको खोजी पनि भएकव बताइएको छ। 'राष्ट्रपतिबारे टुंगोमा पुगिसकेको छैन', स्रोतले भन्यो, 'मध्यबिन्दु के हुन सक्छ भन्नेमा कुरा भएको छ। कम्युनिष्टबाटै राष्ट्रपतिमा लैजाने गरी छलफल भएको छ।'

तर ओलीनिकट स्रोतका अनुसार प्रचण्डले राष्ट्रपतिलाई लिएर कांग्रेससँग पनि समानान्तर सम्वाद गरेको विषय पनि बैठकमा उठेको थियो।

प्रचण्डले बैठकमा राष्ट्रिय सहमतिको विषय उठाएर राष्ट्रपतिमा कांग्रेसलाई सघाउन खोजेको कुराले एमाले अध्यक्ष ओली सशंकित भएका छन्। 'प्रचण्डले दुईतिर खुट्टा लैजानु भएको छ', ओलीनिकट एक नेताले भने, 'पूर्वसहमति अनुसार अघि बढौँ भन्ने हो। तर उहाँले कांग्रेससँग पनि संवाद गरिरहेकाले कुनै निष्कर्ष निस्किन सम्भव भएन।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .