ad ad

राजनीति


महन्थलाई राष्ट्रपति बनाउने प्रस्ताव लिएर देउवा भेट्न जाँदै लोसपा नेताहरू

महन्थलाई राष्ट्रपति बनाउने प्रस्ताव लिएर देउवा भेट्न जाँदै लोसपा नेताहरू

फाइल।


नेपालखबर
फागुन १०, २०७९ बुधबार ९:१, काठमाडौँ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्दै छन्। बिहान साढे ९ बजे सभापति देउवालाई भेट्न लोसपा नेताहरु धुम्बाराही जाने कार्यक्रम रहेको छ। 

लोसपा नेता केशव झाका अनुसार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने मागसहित कांग्रेस सभापति देउवालाई भेट गर्न लागिएको हो।

यसअघि मंगलबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सोही प्रस्ताव गरेको लोसपा निकट स्रोतले जानकारी दियो। 

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा दलहरूले दौडधुप बढाएका छन्। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ। 

नेपाली कांग्रेसले एकरदुई दिनभित्रै पुरानै पाँच दलीय गठबन्धन ब्युँतने दाबी गरेको छ।

राष्ट्रपति आफैंले भनेको उम्मेदवार हुनुपर्ने माग राखेको एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेपछि राजनीति थप तरगिंत भएको छ। 

केहीदिन अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शीर्ष नेताहरूलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा सघाउन आग्रह गरेपछि एमाले अध्यक्ष ओली झस्किएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .