ad ad

राजनीति


राष्ट्रपति निर्वाचन : कांग्रेससहितका आठ दलले संघ र प्रदेशका सांसदहरुलाई पढाउने

राष्ट्रपति निर्वाचन : कांग्रेससहितका आठ दलले संघ र प्रदेशका सांसदहरुलाई पढाउने

फाइल तस्बिर


नेपालखबर
फागुन १५, २०७९ सोमबार १६:५२, काठमाडौँ

गत शुक्रबार बनेको आठ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका लागि संघीय सांसद र प्रदेशसभा सदस्यहरुलाई अभिमुखीकरण प्रशिक्षण दिने भएको छ। 

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको आठ दलीय कार्यदलको बैठकले संघ र प्रदेशका सांसदहरुका लागि अभिमुखीकरण प्रशिक्षण दिने निर्णय भएको हो।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको कार्यदलको पहिलो बैठकले राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर फागुन १८ गते काठमाडौंमा प्रतिनिधि र राष्ट्रियसभाका सांसदहरुलाई प्रशिक्षण दिने निर्णय गरेको सभापति देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए। 

उनले फागुन १९ गते सातवटै प्रदेशका राजधानीहरुमा प्रदेशसभा सदस्यहरुका लागि अभिमुखीकरण प्रशिक्षण दिने निर्णय भएको पनि बताए। प्रदेशसभा सदस्यहरुलाई प्रशिक्षण दिन केन्द्रबाट नेताहरु खटाइने जोशीले जानकारी दिए। 

उनले फागुन २४ गते प्रतिनिधि सभा, राष्ट्रियसभा र प्रदेशसभा सदस्यहरुका लागि काठमाडौंमा संयुक्त प्रशिक्षण कार्यक्रम गरिने पनि बताए। राष्ट्रपतिका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले मत दिन पाउँछन्।

कांग्रेस उपसभापति खड्काको नेतृत्वमा रहेको कार्यदलमा नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, नेकपा एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा) बाट राजेन्द्र श्रेष्ठ रहेका छन्।

यस्तै जनमत पार्टीबाट मोहम्मद अब्दुल खान, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .