आठ राजनीतिक दलले बागमती प्रदेश सभाका सांसदहरुलाई शुक्रबार अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ।
फागुन १९ गते आनन्द इभेन्ट, नयाँ बानेश्वर, काठमाडौंमा दिउँसो १ बजे कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
आठ राजनीतिक दलले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सारेका छन्। सोही प्रयोजनका लागि विभिन्न प्रदेशमा सांसदहरुलाई संयुक्त अभिमुखीकरण कार्यक्रम आयोजना गरेका हुन्।
24
Shares
प्रतिक्रिया