ad ad

राजनीति


ओलीको गृहजिल्लाका पाँचजना एमाले नेताहरुले छाडे पार्टी

ओलीले राजावादी राप्रपालाई बोकेर हिँडेको गुनासो
ओलीको गृहजिल्लाका पाँचजना एमाले नेताहरुले छाडे पार्टी

नेपालखबर
फागुन १९, २०७९ शुक्रबार १७:५४, विराटनगर

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाका पाँचजना एमाले नेताहरुले सामूहिक राजीनामा घोषणा गरेका छन्।

उनीहरुले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी छाडेका हुन्।

पार्टीप्रति १८ बुँदे असहमति प्रस्तुत गर्दै एमाले झापा जिल्ला कमिटीकी उपसचिव चन्द्रकला श्रेष्ठसहित पाँच नेताले एमाले परित्यागको घोषणा गरेका हुन्।

श्रेष्ठ भद्रपुर नगरपालिकाकी पूर्व उपमेयरसमेत हुन्।  

पार्टी छाड्ने अन्यमा एमाले प्रदेश कमिटी सदस्य पदम थापा, ३ नम्बर क्षेत्रीय सदस्य सज्जाद आलम, बाह्रदशी गाउँपालिका सदस्य हवालो दिन मियाँ र बाह्रदशी गाउँपालिका सचिवालय सदस्य रमिह मियाँ छन्।

२०६२/०६३ सालमा निरंकुश राजतन्त्रविरोधी आन्दोलनको अगुवाई गर्ने पार्टी राजावादी शक्ति राप्रपासँग निरन्तर तालमेल गर्दै अघि बढेको उनीहरुको गुनासो छ।

त्यहीकारण अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर ३ मा नेकपा एमालेलाई कमजोर बनाएको उनीहरुले आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .