ad ad

राजनीति


राष्ट्रपति निर्वाचन : मध्यरातदेखि मौन अवधि सुरु, के गर्न पाइँदैन?

राष्ट्रपति निर्वाचन : मध्यरातदेखि मौन अवधि सुरु, के गर्न पाइँदैन?

नेपालखबर
फागुन २३, २०७९ मंगलबार ७:२१, काठमाडौँ

आसन्न राष्ट्रपति निर्वाचनका लागि गए राति १२ बजेबाट मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगका अनुसार राति १२ बजेदेखि सम्पूर्ण प्रचार प्रसार निषेध गरिएको छ। 

आयोगले फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरिएको विज्ञप्तिमा जनाइएको छ। 

निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिएको हो।

यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ। 

आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जितरहारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न नहुने आयोगले जनाएको छ । 

‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान  हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त व्यवस्थाबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने व्यहोरा सम्बन्धित राजनीतिक दल, उम्मेदवार, मतदाता र सम्बद्ध सबैलाई अवगत गराइन्छ।’ 

२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन्। 

पौडेललाई आठ दलीय गठबन्धनको साथ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .